काठमाडौं । चलचित्र क्षेत्रका कमैसँग मात्रै नायिका पूजा शर्माको मित्रता छ । घमण्डी स्वभावका कारण पनि उनको मित्रता कसैसँग नटिक्ने उनी आसपासका कलाकारहरु बताउँछन् । मुडी स्वभावकी पूजाकाे मित्र भन्दा शत्रु धेरै छन् सिने जगतमा ।
अभिनेता प्रदीप खड्कासँग पनि चलचित्र ‘प्रेमगीत’ सुटिङकै क्रममा पूजाको खटपट पर्यो । चलचित्र रिलिजको वर्षौँ बितिसक्दा पनि उनीहरूबीच अझैसम्म बोलचाल भएको छैन । न प्रदीप पूजासँग झुक्न चाहन्छन्, न पूजा नै प्रदीपसँग झुक्न चाहन्छिन् ।
अहिले अभिनेता आकाश श्रेष्ठसँगको सम्बन्धलाई लिएर उनी चर्चामा छिन् । उनीहरूकाे बाेलचाल बन्द छ । याे मित्रता टुट्नुमा कतिले पूजाकाे दाेष रहेकाे हुन सक्ने अनुमान लगाएका छन् भने कतिले आकाशले नै भाउ खाेजेकाे आराेप लगाइरहेका छन् ।
यद्यपी पछिल्ला गतिविधि नियाल्ने हाे भने बाेल्ने इच्छा आकाशमा भन्दा पूजामा बढी देखिन्छ । उनीहरूकाे पछिल्लाे म्युजिक भिडियाे ‘धर्ती आकाश’ काे रिलिज कार्यक्रममा यस्तै देखियाे । शुक्रबार बेलुकी पूजा र आकाश उक्त कार्यक्रमा उपस्थित थिए । त्यहाँ उनीहरूकाे सम्बन्धमा फाटाे आएकाे प्रष्टै देखियाे । हरेक कार्यक्रममा एकसाथ बस्ने उनीहरू त्यहाँ न सँगै बसे न त बाेले ।
शुक्रबार आयोजित कार्यक्रममा पूजाले भनेकी छिन्–‘जबसम्म पूजा शर्माको श्वास रहन्छ, तबसम्म आकाशसँगको सम्बन्ध बाँचिरहन्छ ।’ पूजाले यसाे भनिरहँदा धेरैलाई लाग्न सक्छ, उनीहरू बिच केही भएकै छैन । तर पर्दा अगाडी जति नै देखावटी गरेपनि उनीहरूकाे सम्बन्ध टुटिसकेकाे छ ।
भिडियाे हेर्दै गर्दा उनीहरू एक पटक पनि बाेलेनन् । कार्यक्रममा आकाशकाे आँखा भरिएकाे थियाे भने पूजा निकै बेरसम्म राेएकी थिइन् । चलचित्र ‘रामकहानी’ देखि बनेको जोडीको गहिरो मित्रता सम्भवतः जाेडिने छाँटकाँट देखिएकाे छैन । बाहिरबाट हेर्ने हाे भने पूजाले आकाशकाे मन दुखाएकाे अनुमान लगाउन सकिन्छ ।
उनी आफ्नै गल्ती भएपनि कसैसँग झुक्दिनन् । उनकै गल्तीका कारण पनि आकाशकाे मन पुनः नजाेडिने गरी भाँच्चिएकाे हुन सक्छ ! अन्य कार्यक्रमका दृष्य नियाल्ने हाे भने आकाश सम्हालिएर बाेलेकाे देखिन्छ । पूजा भने मनमा जे आयाे त्यही बाेल्छिन्, चाहे अरूकाे कसैकाे मन किन नदुखाेस् ।
उनकाे छुराजस्ताे बाेलीले आकाशकाे मन दुखेकाे पाे हाे कि ! यस्तै उनीहरू बिच प्रेम रहेकाे चर्चा पनि चल्ने गर्छ । तर पूजाले पटक पटक आकाशसँग प्रेम सम्बन्ध नरहेकाे दाबी गर्दै आएकी छिन् । पूजाले केही दिनअघि प्रियङ्का कार्कीसँगकाे युट्युब कार्यक्रममा आफूले कसैलाई बुझिरहेकाे तर त्याे व्यक्ति आकाश नभएकाे स्पष्ट पारिसकेकी छिन् ।
उनले आफूले छिट्टै विवाह गर्ने समेत खुलाएकी छिन् । आकाशसँगकाे सम्बन्धकाे ट्यागबाट छुट्कारा पाउन हाे या साँच्चिकै कसैसँग प्रेम सम्बन्धमा छिन्, त्याे भने पूजा नै जानून् । कतिले निर्माता सुदर्शन थापासँग प्रेम सम्बन्धमा रहेकाे पनि भन्ने गरेका छन् !






