वीरगञ्ज । वीरगञ्जबाट दुई जना लागुऔषधसहित पक्राउ परेका छन् । पक्राउ परेका व्यक्तिहरूमा बारा महागढीमाई नगरपालिका ७ तेलकुवाका २० वर्षीय ओमबाबु कुशवाहा र २० वर्षीय शैलेश यादव रहेका छन् ।
वीरगञ्ज महानगरपालिका १४ स्थित गण्डक चोकमा प्रहरीको चेकजाँचका क्रममा, वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको ना ६ ख ७२२७ नम्बरको बसमा दुबैजनालाई पक्राउ गरिएको हो ।
पक्राउ परेका ओमबाबु कुशवाहाको साथबाट नुरफिन, डाइजेपाम र फेनारगन गरी कुल एक हजार ४८१ वटा पिस लागुऔषध र शैलेश यादवको साथबाट एक हजार ५१५ वटा नुरफिन, डाइजेपाम र फेनारगनसहित कूल दुई हजार ९९६ वटा पिस बरामद गरिएको पर्सा प्रहरीका प्रवक्ता डिएसपी दीपक भारतीले जानकारी दिए ।
लागुऔषध सम्बन्धी कसूरमा दुबैजनालाई अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको डिएसपी भारतीले बताए ।




