बारा । जग्गा सम्बन्धी विवादले उग्र रुप लिएपछि खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ परेका व्यक्ति बाराको महागढीमाई नगरपालिका १ सेमरा तेगछियाका ६४ वर्षीय सोथाई चौधरी, जसलाई स्थानीय सोथाई खाँ थारू भनेर पनि चिनिन्छन् ।
प्रहरीले बिहिबार पत्रकार सम्मेलनको क्रममा उनलाई सार्वजनिक गरेको छ । घटनामा ५५ वर्षीय भुमि सुधारको उपनामले चिनिने नारायणप्रसाद यादवको हत्या भएको थियो । शनिबार साँझ ७:३० बजेतिर यादवको धारिलो हतियार प्रहारबाट हत्या भएको थियो, जुन घटना उनी पसलबाट घर फर्कने क्रममा भएको हो ।
घटनालगत्तै घटनास्थल पुगेको प्रहरीले थारूलाई सोही राति उनको घरबाट पक्राउ गरेको थियो । अनुसन्धानका क्रममा थाहा भएको अनुसार, यादव र थारूबीच भोगचलन गर्दै आएको जग्गा सम्बन्धी पुरानो विवादका कारण थारूले हत्या गरेको पाइएको छ, बारा प्रहरीका प्रवक्ता डिएसपी प्रकाश सापकोटाले जानकारी दिए ।
सापकोटाका अनुसार हत्यामा प्रयोग गरिएको खुकुरी पनि बरामद भएको छ । पक्राउ परेका थारूविरुद्ध ज्यान सम्बन्धी कसुरमा थप अनुसन्धान जारी रहेको उनले बताए ।




