सिराहा । सिराहाको मिर्चैया बजारमा दिउँसै एक बैंक कर्मचारीको कोठामा लाखौँको चोरी भएको छ । मिर्चैयामा रहेको इलाका प्रहरी कार्यालय नजिकै, कृषि विकास बैंकका कर्मचारी शत्रु धन कुमार साहको कोठामा शनिबार दिउँसो करिब १ बजे चोरी भएको हो ।
चोरले कोठाको ताल्चा फुटाएर दराजमा राखिएको ४७ हजार रुपैयाँ नगद र सुनचाँदीका गहनाहरू चोरेको प्रहरीले जनाएको छ । सिसी क्यामरामा कैद दृश्य अनुसार, चोरले बैंक कर्मचारीकै जस्तो पोसाक लगाएर घरभित्र प्रवेश गरेको थियो भने एक केटी बाहिर बसेर निगरानी गरिरहेकी थिइन् ।
प्रहरीका अनुसार घटना बारे थप अनुसन्धान जारी छ । चाडपर्वको समयमा प्रहरी सुरक्षा व्यवस्था कमजोर रहेकोले दिउँसै चोरीको घटना भएको भन्दै स्थानीयहरूले असन्तुष्टि व्यक्त गरेका छन् ।




