सर्लाही । सर्लाही जिल्लामा निर्माणाधीन घरको पर्खाल भत्किएर एक मजदुरको ज्यान गएको छ, भने अर्का एक जना घाइते भएका छन् । बरहथवा नगरपालिका ७ मा राजनारायण साहको निर्माणाधीन घरको पर्खाल भत्किँदा बसवरिया गाउँपालिका ३ बगलवा निवासी १७ वर्षीय रविन माझी च्यापिएर गम्भीर घाइते भएका हुन् ।
इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायव उपरीक्षक गौतम खड्काका अनुसार, माझीलाई उपचारका लागि बरहथवा बजारस्थित भेनस अस्पताल पुर्याइए पनि उनको उपचारकै क्रममा निधन भएको हो ।
यसै घटनामा बरवरिया गाउँपालिका ३ क्याम्प चोक निवासी १९ वर्षीय विकास महतो पनि घाइते भएका छन् । महतोको उपचार हाल बरहथवास्थित ह्याप्पी अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ ।




