सर्लाही । सर्लाहीमा हातखुट्टा बाँधेर रूखमा झुण्ड्याइएको अवस्थामा एक युवकको शव फेला परेको छ । हरिपुर्वा नगरपालिका ४ डुमरियामा शुक्रबार बिहान साँढे ८ बजे आँपको रूखमा हातखुट्टा बाँधेर रूखमा झुण्ड्याइएको अवस्थामा शव फेला परेको डुम्हरिया प्रहरीले जानकारी दिएको छ ।
स्थानीय सिकिन्द्र रायका छोरा अन्दाजी २० वर्षीय धीरज रायको शव फेला परेको हो । उक्त घटनापछि तालिम प्राप्त कुकुरको सहायताले एसपीसहित प्रहरी टोली पुगेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
‘गम्छाले घाँटीमा बाँधेर झुण्ड्याइएको अवस्थामा शव फेला परेको छ, यहीँका एक स्थानीयले भनेपछि हामी पुगेका थियौं’, घटनास्थलमा पुगेका एक प्रहरीले बताए । शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको छ ।




