बारा । बारा प्रहरीले अदालतबाट विभिन्न मुद्दामा सजाय पाइसकेका तर फरार रहेका आठ जना प्रतिबादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी इकाइहरूले संयुक्त रूपमा खटिएको टोलीले उनीहरूलाई लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो ।
पक्राउ परेकाहरू लागुऔषध, चेक अनादर, सवारी दुर्घटना, डाँका र कुटपिट जस्ता विभिन्न अपराधमा संलग्न रहेका छन्। उनीहरूलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला अदालत, कलैयामा पेश गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।




