धनुषा । धनुषामा स्कुल बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । बिहिबार बिहान करिब पौने १० बजेको समयमा बाल आवासीय माध्यमिक विद्यालयको ना १ क ९६९६ नम्बरको बसले ठक्कर दिँदा ३ वर्षीया बालिकाको मृत्यु भएको हो ।
दुर्घटनामा धनुषाधाम नगरपालिका ३ की ३ वर्षीया बालिकाको मृत्यु भएको इलाका प्रहरी कार्यालय धनुषाधामले जनाएको छ । प्रहरीका अनुसार बसले धनुषाधाम बजारमै बालिकालाई ठक्कर दिएकोमा घाइते भएकी बालिकालाई उपचारको क्रममा मृत्यु भएको हो ।
जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा पठाएकोमा १० बजेर २० मिनेटमा चिकित्सकले मृत घोषणा गरेका थिए । बालिकालाई ठक्कर दिने स्कुल बस र चालक प्रहरीको नियन्त्रणमा रहेको तथा यस सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धनुषाधामले जनाएको छ ।




