बारा । रामराजा बहुमुखी क्याम्पस, बाराका प्रमुख हरिभुषण कुशवाहाको हत्यामा संलग्न मुख्य आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । गत जेठ ३२ गते भएको हत्या प्रकरणमा संलग्न सुरेन्द्र कुशवाहालाई जिल्ला प्रहरी कार्यालय बाराको टोलीले पक्राउ गरेको हो ।
प्रहरीले बिहिबार पत्रकार सम्मेलन गरी उनलाई सार्वजनिक गर्ने तयारी गरेको छ । अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार, प्रारम्भिक अनुसन्धानले जग्गा सम्बन्धी विवादकै कारण सुरेन्द्र कुशवाहाले हरिभुषण कुशवाहाको हत्या गरेको देखिएको छ ।
बाराको आदर्शकोतवाल गाउँपालिका ३, बतरामा कुशवाहामाथि गोली प्रहार भएको थियो । गम्भीर घाइते भएका उनलाई तत्कालै वीरगञ्जको बयोधा अस्पताल पुर्याइएको थियो ।
अस्पतालमा उपचारकै क्रममा कुशवाहाको मृत्यु भएको थियो । गोली प्रहारमा संलग्न रहेको भन्दै कुशवाहाले मृत्यु पूर्व नै सुरेन्द्रको नाम बताएका थिए ।




