कैलाली । कैलाली जिल्लामा अवैध लागूऔषध खैरो हेरोइनसहित दुई व्यक्तिलाई प्रहरीले छुट्टाछुट्टै स्थानबाट पक्राउ गरेको छ । प्रहरीका अनुसार, टिकापुर नगरपालिका ९ खक्रौलाबाट शुक्रबार दिउँसो २१ वर्षीय विशाल शाहीलाई ४ ग्राम ६१० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको हो ।
भारतबाट नेपालतर्फ पैदल आउँदै गर्दा इलाका प्रहरी कार्यालय टिकापुर र प्रहरी चौकी कालाकुण्डाको संयुक्त टोलीले उनलाई नियन्त्रणमा लिएको हो । त्यस्तै, गोदावरी नगरपालिका ५ गेटाबाट २३ वर्षीय प्रबिन रानालाई १ ग्राम ३१० मिलिग्राम खैरो हेरोइनसहित प्रहरीले पक्राउ गरेको छ ।
उनलाई इलाका प्रहरी कार्यालय मालाखेती र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढीको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो । प्रहरीले दुवै घटनामा पक्राउ परेकाहरूमाथि थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।




