रौतहट । बाराको पञ्चवर्षीय मेलाबाट सिरहा फर्किंदै गरेको स्कार्पियो चन्द्रनिगाहपुरमा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ भने २ बालबालिकासहित ४ जना घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डीएसपी राजकुमार राईका अनुसार पूर्वपश्चिम राजमार्ग अन्तर्गत चन्द्रपुर ४ स्थित धन्सार पुल नजिक बा १६ च ३१६२ नम्बरको स्कार्पियो अनियन्त्रित भई सडकबाट तल खस्दै रुखमा ठोक्किँएर दुर्घटनामा परेको हो ।
गढीमाईको दर्शन गरी सिराहा फर्किंदै गरेका ती दर्शनार्थीहरूको स्कार्पियो पल्टिएर दुर्घटना भएको थियो । दुर्घटनामा मृत्यु भएका अधिकांशको सनाखत हुन सकेको छैन ।
प्रहरीले सिराहा अर्नमा गाउँपालिका ३ की ६० वर्षीया फुलमन्ति राम र अन्दाजी ४५ वर्षीय स्कार्पियो चालकको उपचारका क्रममा मृत्यु भएको पुष्टि गरेको छ ।
घटनास्थलमा तत्कालै पुगेको प्रहरी टोलीले घाइतेहरूको उद्धार गरी चन्द्रनिगाहपुरस्थित ट्रमा सेन्टरमा पुर्याएको छ । घाइतेमध्ये एक जनालाई थप उपचारका लागि वीरगन्ज रेफर गरिएको छ । अन्य घाइतेहरूको ट्रमा सेन्टरमै उपचार भइरहेको छ ।
प्रहरीले मृतकका परिवारलाई खबर गरेपछि मात्र पूर्ण सनाखत हुने जनाएको छ । घाइतेहरूको अवस्था गम्भीर भएकाले उनीहरूसँग घटना बारे सोधपुछ गर्न कठिनाइ भएको डीएसपी राईले बताए ।
यस दुर्घटनाले गढीमाई मेलाबाट फर्किंदै गरेका ती दर्शनार्थीहरूको यात्रा दुःखद अन्त्यमा परिणत गरेको छ । घटना सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




