धनुषा । धनुषा जिल्लाको कमला नगरपालिका ७ हथमुण्डास्थित कमला खोलामा डुबेर ३५ वर्षीय रामकुमार महतोको मृत्यु भएको छ । घटना शनिबार बिहान भएको हो । स्थानीयका अनुसार रामकुमार महतो बिहानै खोलामा गएका थिए ।
खोलामा डुबेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा पुगेको प्रहरी टोलीले उनलाई खोलाबाट निकालेर नजिकैको स्वास्थ्य संस्थामा पुर्याएपनि स्वास्थ्यकर्मीले उनलाई मृत घोषणा गरेका थिए ।
कमला खोलामा पानीको सतह अपेक्षाकृत कम भएपनि खोलाको केही स्थानमा बनेका खाल्डाहरूले जोखिम निम्त्याएको बताइएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा रामकुमार महतो खोलामा नुहाउने क्रममा खाल्डोमा फसेर डुबेको हुन सक्ने आशंका गरिएको छ ।
प्रहरीका अनुसार मृतक महतो त्यही क्षेत्रमा बसोबास गर्दै आएका थिए । घटनाको विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।




