वीरगंज । वीरगंज महानगरपालिका २७ रामपुर टोलस्थित धर्मलाल यादवको पवन एकिकृत कृषि (कुखुरा) फर्ममा आइतबार दिउँसो आगलागी भएको छ ।
आगलागीका कारण फर्म पूर्णरूपमा जलेर करिब २ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिन सकिएको थियो । प्रहरीले घटना बारे अनुसन्धान जारी राखेको छ ।




