सर्लाही । सर्लाही जिल्लाको बागमती नगरपालिका ७ निमिचोक बस्ने ३५ वर्षीय मोहन बहादुर योञ्जनसहित तीन जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
उनीहरूको घरमा गरेको तलासीका क्रममा १ सय मिलिलिटरको ७ बोतल ओनेरेक्स र १ सय मिलिलिटरको ३ बोतल कोडेडाइल-टि लागूऔषध फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरी टोलीले मोहन बहादुरको घरमा तलासी गर्दा उक्त लागूऔषधसहित उनीहरूलाई पक्राउ गरेको छ ।
यसैगरी, पक्राउ परेकाहरूले प्रयोग गरेको २ थान मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान जारी राखेको जनाएको छ ।




