सप्तरी । सप्तरीको बोदेबर्साईन नगरपालिका १ धनगढीस्थित भित्री सडकबाट लागूऔषधसहित दुई जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा खडक नगरपालिका १ सिस्वाका २५ वर्षीय पारस कुमार मण्डल र २२ वर्षीय रविन कुमार साह रहेका छन् ।
प्रहरी चौकी सिस्वाबेल्हीबाट खटिएको टोलीले सारस्वरबाट धनगढीतर्फ जाँदै गरेको प्र १–०२–०४० प ७३६६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध फेला पारेको हो ।
पक्राउ परेका व्यक्तिसँग बुप्रेनोर्फिन ४५ एम्पुल, फेनारगन ४४ एम्पुल र डाइजोपाम ४५ एम्पुल बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिई लागूऔषध सम्बन्धी थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।




