सप्तरी । विष्णुपुर गाउँपालिका १, खुरूरिया चोकस्थित सडकमा मंगलबार राति मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया सोमनी देवी मण्डलको मृत्यु भएको छ ।
राजविराजबाट सिराहातर्फ जाँदै गरेको स ९ प ९८३३ नम्बरको मोटरसाइकलले ठक्कर दिएपछि गम्भीर घाइते भएकी मण्डललाई तत्काल उपचारका लागि न्यूरो अस्पताल विराटनगर लगिएको थियो । तर, उपचारका क्रममा उनको मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएकी अर्की पैदलयात्रीको छिन्नामस्ता अस्पताल राजविराजमा उपचार भइरहेको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ र घटना बारे थप अनुसन्धान जारी रहेको जनाएको छ ।




