महोत्तरी । महोत्तरी जिल्लाको ओैरही नगरपालिका १ स्थित ओैरही बजारमा बुधबार राति आगलागीको घटना भएको छ । स्थानीय खुर्सेद लहेरी र फूलो देवीले सञ्चालन गरेका दुई वटा कस्मेटिक पसलमा आगो लागेको हो ।
आगलागीका कारण पसलका टहरा र सामान जलेर नष्ट भएका छन् । प्रारम्भिक अनुसन्धान अनुसार आगलागीको कारण खुलेको छैन, तर स्थानीय प्रशासनले घटनाको अनुसन्धान सुरु गरेको छ ।
आगलागीबाट भएको क्षतिको मूल्यांकन पनि गरिरहेको छ । स्थानीयवासी र प्रहरीकर्मीहरूको सक्रियतामा आगो नियन्त्रणमा आएको छ, तर आगलागीबाट ठूलो आर्थिक क्षति भएको बताइएको छ ।






