दाङ । तुलसीपुर उपमहानगरपालिका ५ न्यूरोडस्थित किताब कपीको कवाडी संकलन केन्द्रमा विद्युत सर्ट भई सोमबार बिहान आगलागी हुँदा झण्डै ३ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
भारत रूपैडिया घर भई तुलसीपुरमा बसोबास गर्दै आएका ४२ वर्षीय मुक्तार रहमानको संकलन केन्द्रमा लागेको आगो स्थानीय बासिन्दाको सहयोगमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
आगलागीका कारण भएको क्षतिको थप विवरण संकलन गर्नुका साथै घटनाको आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ रहेको छ ।




