कञ्चनपुर । भिमदत्त नगरपालिका ९ माथिल्लो खल्ला मसट्टीस्थित महाकाली नदीको छेउमा डडेल्धुरा पर्शुराम नगरपालिका ७ का ३२ वर्षीय तिर्थ राज धानुक बुधबार मृत अवस्थामा फेला परेका छन् । स्थानीयवासीका अनुसार, तिर्थ राज धानुकको शव नदी किनारमा फेला परेको हो ।
घटना बारे इलाका प्रहरी कार्यालय महेन्द्रनगरले अनुसन्धान सुरु गरेको छ । प्रारम्भिक विवरणका अनुसार, मृतकको शवको अवस्था हेर्दा उनको मृत्युको कारण बारे स्पष्ट जानकारी हासिल हुन सकेको छैन ।
प्रहरीले शवलाई पोस्टमार्टमका लागि अस्पताल पठाएको छ र घटना बारे थप अनुसन्धान भइरहेको जनाएको छ ।




