रौतहट । रौतहट स्थित सशस्त्र प्रहरीका तीन जना जवानले रगत दिएर एक जना सुत्केरी महिलाको ज्यान बचाएको छन् । सशस्त्र प्रहरी बल ११ नम्बर हेक्वा रौतहटबाट गएको ती प्रहरी जवानहरुले रगत दिएर एक जना सुत्केरी महिलाको ज्यान बचाएका हुन् ।
प्रादेशिक अस्पताल गौरमा सुत्केरी गराउन परोहा नगरपालिका वडा ४ लौकाहाकी जोबैदा खातुन बुधबार भर्ना भएकी थिइन् । सुत्केरी भएपछी महिला खातुनलाई रगतको अति आवश्यक भएको र रगत उपलब्ध नहुँदा डाक्टरको अनुरोधमा तीन जना जवानलाई प्रादेशिक अस्पताल गौरको ब्लड बैकमा पठाएर रक्तदान गराईएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी विक्रम हुमागाईंले बताएका छन् ।
प्रादेशिक अस्पताल गौरका अध्यक्ष महमद अनवर हाशमीले अस्पतालमा भर्ना कुनै विरामीलाई रगतको अभाव भएपछी अन्य विकल्प नहुँदा डाक्टरको अनुरोधमा सशस्त्र प्रहरी बल ११ नम्बर हेक्वाबाट सशस्त्रका जवानहरू आएर पटक पटक रक्तदान गर्दै आएको बताएका छन् ।
रौतहटमा सशस्त्र प्रहरी प्रमुखको रूपमा एसपी विक्रम हुमागाईं आएदेखि नै यहाँ सशस्त्र प्रहरी दैवी प्रकोप लगायत मानवीय सेवामा विशेष सक्रियता देखाएका छन् ।




