सप्तरी । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ की २२ वर्षीया पुनम दासको पसलमा गएराति आगलागी हुँदा पसलमा रहेको सामान पूर्ण रूपमा जलेर नष्ट भएको छ । आगलागीका कारण करिब ४ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ ।
आगलागीपछि स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । आगलागीको समयमा पसलमा रहेका सबै सामान जलेर नष्ट हुँदा ठूलो आर्थिक क्षति पुगेको छ ।
प्रहरीले आगलागीको कारण पत्ता लगाउन आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । यस घटनाले स्थानिय बासिन्दामा चिन्ता र असुरक्षा बढाएको छ । प्रहरीले यस्ता अप्रिय घटनाबाट बच्न सतर्कता अपनाउन र आगलागी रोकथामका उपायहरू अवलम्बन गर्न सबैलाई आग्रह गरेको छ ।




