सल्यान । कुमाख गाउँपालिका ३ मिलन चोकस्थित सडकमा शनिबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा २२ वर्षीय दीपक बुढाको मृत्यु भएको छ । रा १ त २८५९ नम्बरको ट्याक्टर रागेचौरबाट चौरजहारीतर्फ जाँदै गर्दा दुर्घटना भएको हो ।
ट्याक्टरमा सवार कुमाख गाउँपालिका ३ निवासी दीपक बुढा गम्भीर घाइते भएका थिए । उनलाई तत्काल उपचारका लागि नेपालगञ्जको नर्सिङ होम अस्पताल पुर्याइएको थियो, तर उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाको कारण र परिस्थिति बारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ । यस्ता घटनाबाट जोगिन ट्राफिक नियमको पालना गर्न आग्रह गरिएको छ ।






