दैलेख । महाबु गाउँपालिका २ डुङ्ररीस्थित सडकमा गाडीको ठक्करबाट ७८ वर्षीया भद्रकला गुरूङको मृत्यु भएको छ । क प्र ०२–००१ ख १०२६ नम्बरको गाडी खरीगैराबाट सुर्खेततर्फ जाँदै गर्दा शनिबार बिहान पैदल हिँडिरहेकी महाबु गाउँपालिका २ की भद्रकला गुरूङलाई ठक्कर दिएको हो ।
ठक्करबाट गम्भीर घाइते भएकी उनलाई तत्काल जिल्ला अस्पताल दैलेखमा उपचारका लागि लगिएको थियो । थप उपचारका लागि भारतको लखनउ लैजाँदै गर्दा आइतबार बिहान उनको मृत्यु भएको हो ।
गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाको कारण र परिस्थिति बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यस्तै घटना दोहोरिन नदिन ट्राफिक नियम पालना गर्न र पैदलयात्रीहरूको सुरक्षामा विशेष ध्यान दिन आग्रह गरिएको छ ।






