वीरगञ्ज । वीरगञ्ज महानगरपालिका १८ भवानीपुरस्थित सिताराम चोकबाट विशेष प्रहरी टोलीले एक क्विन्टल ६० किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ना ३ ख ४२१२ नम्बरको ट्रकका चालक तथा गाडीधनी मकवानपुर हेटौंडा उपमहानगरपालिका ७ कमाने निवासी कृष्ण घलान र चितवन झुरझुरे राप्ती नगरपालिका ३ निवासी रोनाल विश्वकर्मा रहेका छन् ।
प्रहरीको विशेष टोलीले परवानीपुरबाट ड्राइपोर्टतर्फ गइरहेको ट्रकलाई चेकजाँच गर्दा १६ पोकामा रहेको ठूलो परिमाणको गाँजा फेला पारेको हो । बरामद गाँजा र ट्रकसहित दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको पर्सा प्रहरीका प्रवक्ता डिएसपी किशोर लम्सालले जानकारी दिए ।
प्रहरीले लागुऔषध सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी आवश्यक कानूनी प्रक्रिया अगाडि बढाएको छ । गाँजा तस्करीको यो घटनाले सीमावर्ती क्षेत्रमा लागुऔषधको अवैध कारोबार बारे थप सतर्कता आवश्यक रहेको देखाएको छ ।




