कैलाली । धनगढी उपमहानगरपालिका ७ मनेहराबाट सोमबार बेलुकी खैरो हेरोइन जस्तो देखिने ५० मिलिग्राम लागूऔषधसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका २ सन्तोषी टोल निवासी २५ वर्षीय नितेश ओली रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले उनलाई उक्त लागूऔषधसहित नियन्त्रणमा लिएको हो । प्रहरीले घटना सम्बन्धी थप अनुसन्धान अघि बढाएको जानकारी दिएको छ ।




