सप्तरी । कंचनरूप नगरपालिका ९ रघुनाथपुरमा गएराति दिपक सरदारको गोठमा लागेको आगोले ठूलो क्षति पुगेको छ । आगो फैलिएर दिपकका दाजु श्री सरदारको घर समेत जलेर पूर्ण रूपमा नष्ट भएको छ ।
यस आगलागीका कारण करिब ३ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको अनुमान गरिएको छ । घटनापछि स्थानीय बासिन्दा र दमकलको सक्रिय सहयोगमा आगो नियन्त्रणमा लिइएको हो ।
यस घटनामा मानवीय क्षतिको कुनै विवरण प्राप्त नभएपनि सम्पत्ति नष्ट हुनुले सरदार परिवारलाई गहिरो आर्थिक संकटमा पारेको छ । प्रहरीले घटनाको प्रारम्भिक अनुसन्धान सुरु गरिसकेको छ ।
आगलागीको कारण र अन्य सम्भावित विवरणहरू पत्ता लगाउन थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जानकारी दिएको छ । स्थानीयहरूले पीडित परिवारलाई तत्काल राहत र पुनःस्थापनाका लागि सम्बद्ध निकायसँग अपिल गरेका छन् ।




