काठमाडौं । खाना पकाउने ग्यास चुहावट भएर भएको आगलागीमा कुश्मा नगरपालिका १० पीपलटारीकी ७३ वर्षीया दुर्गादेवी पौडेलको जलेर घटनास्थलमै मृत्यु भएको छ ।
प्रहरीका अनुसार आगलागीका क्रममा ५२ वर्षीय ध्रुव रेग्मी र तिला रेग्मी घाइते भएका छन् । प्रारम्भिक अनुसन्धान अनुसार प्रयोग गरिरहेको ग्यास सिलिन्डर सकिएपछि अर्को सिलिन्डर जोड्ने क्रममा ग्यास चुहावट भई आगलागी भएको थियो ।
आगलागीले रेग्मी परिवारको घरमा ठूलो क्षति पुगेको छ । आगो निभाउन स्थानीयवासीसँगै सशस्त्र प्रहरी र नेपाल प्रहरीले सक्रियता देखाएका थिए । घाइतेहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घटनापछि स्थानीय प्रशासनले ग्यास सिलिन्डरको सुरक्षित प्रयोगमा सावधानी अपनाउन सबैलाई आग्रह गरेको छ ।






