डडेल्धुरा । डडेल्धुराको गन्यापधुरा गाउँपालिका २ कालापानी गाउँमा पोखरीमा डुबेर २ वर्ष ५ महिनाकी बालिकाको मृत्यु भएको छ । स्थानीय गणेश मालीकी छोरी रिया माली घर नजिकै सिंचाइका लागि निर्माण गरिएको पोखरीमा डुबेर अचेत भएकी थिइन् ।
अचेत अवस्थामा भेटिएपछि उनलाई तत्काल उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको थियो । तर, अस्पतालमा चिकित्सकले चेकजाँचपछि बालिकालाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी दिएको छ ।
यो घटनाले गाउँमा शोकको छायाँ छाएको छ । प्रहरी कार्यालयले बालबालिकाको सुरक्षाका लागि सचेत रहन र यस्ता घटनाहरू रोकथामका लागि आवश्यक सतर्कता अपनाउन स्थानीयलाई आग्रह गरेको छ ।




