रौतहट । वृन्दावन नगरपालिका ९ भुसहास्थित सडकमा सोमबार दिउँसो ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । भुसाहाबाट महमदपुरतर्फ जाँदै गरेको हाल नम्बर नखुलेको ट्याक्टर अनियन्त्रित भई लमहा खोलामा खस्दा ट्याक्टर चालक २५ वर्षीय संजय साहको ज्यान गएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका वृन्दावन नगरपालिका ८ बहुअरी निवासी साहलाई तत्काल उपचारका लागि गरूडास्थित ग्राण्डी अस्पताल पुर्याइएको थियो । अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।




