बाँके । कोहलपुर नगरपालिका ११ स्थित कालिका वर्कसपमा सोमबार बिहान विद्युत सर्टका कारण आगलागी भएको छ । आगलागीका कारण वर्कसप पूर्णरूपमा जलेर नष्ट भएको प्रहरी कार्यालयले जनाएको छ ।
आगलागीबाट भएको क्षतिको पूर्ण विवरण हालसम्म सार्वजनिक गरिएको छैन । स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगो नियन्त्रणमा ल्याइएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको जनाइएको छ ।




