कञ्चनपुर । भीमदत्त नगरपालिका ९ ब्रह्मदेवबाट मंगलबार राति अवैध लागूऔषधसहित एक जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय ब्रह्मदेवबाट खटिएको टोलीले ३० वर्षीय एक स्थानीय व्यक्तिलाई पक्राउ गरेको हो ।
पक्राउ परेकाको साथबाट खैरो हेरोइनजस्तो देखिने ४२० मिलिग्राम पदार्थ र चरेशजस्तो देखिने ४ ग्राम ३१० मिलिग्राम पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ ।
घटना बारे थप अनुसन्धान भइरहेको र बरामद पदार्थको परीक्षण प्रक्रिया अघि बढाइएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।




