धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ७ स्थित सडकमा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ । ज ८ प ३६१५ नम्बरको मोटरसाइकललाई बा १३ च ९२९२ नम्बरको कारले ठक्कर दिँदा मोटरसाइकल चालक नागेन्द्र मण्डलको मृत्यु भएको हो ।
मृतक मण्डल मिथिला नगरपालिका २, राघोपुर निवासी २५ वर्षीय युवा हुन् । गम्भीर घाइते भएका उनलाई तत्काल प्रादेशिक अस्पताल जनकपुर लगिएको थियो, जहाँ उपचारको क्रममा उनको मृत्यु भएको जनाइएको छ ।
दुर्घटनापछि कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ । यस दु:खद घटनाले सवारी सुरक्षामा थप सचेतनाको आवश्यकता औंल्याएको छ ।




