महोत्तरी । सोनमा गाउँपालिका २ का २९ वर्षीय नरेन्द्र यादवको गम्छाले घाँटी थिचेर हत्या गरिएको अवस्थामा शव आज फेला परेको छ । घटनास्थल महोत्तरीको सम्सी गाउँपालिका १ स्थित गहुँ खेतमा रहेको प्रहरीले जानकारी दिएको छ ।
पूर्व सोनमा गाविसका अध्यक्ष गोखुलप्रसाद यादवका छोरा नरेन्द्रको शव फेला परेको हो । गम्छाले घाँटी थिचेर हत्या गरिएको अवस्थामा नरेन्द्रको शव भेटिएको हो ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक नकुल पोखरेलको नेतृत्वमा घटनास्थलमा पुगेको टोलीले सर्जमिन मुचुल्का गरेर शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जलेश्वर पठाउने तयारी गरेको छ ।
प्रहरीले घटना बारे थप अनुसन्धान गरिरहेको बताएको छ, र विस्तृत विवरण पछि सार्वजनिक गरिने जनाएको छ । यस घटनाले स्थानीय समुदायमा चासो र चिन्ता बढाएको छ ।




