वीरगंज । वीरगंज महानगरपालिका १६ फुलवारी टोलमा डेरा गरी बस्ने ३० वर्षीय पवन यादव अवैध लागूऔषध गाँजासहित पक्राउ परेका छन् । यादवको स्थायी घर सोही महानगरपालिकाको रंगपुर टाडी रहेको छ ।
इलाका प्रहरी कार्यालय नगवा र प्रहरी चौकी बसपार्कबाट खटिएको टोलीले शुक्रबार राति यादवको डेरामा तलासी गर्दा करिब २ किलोग्राम गाँजा जस्तो देखिने लागूऔषध फेला पारेको हो ।
साथमा, प्रहरीले ३ हजार ४ सय ५ नेपाली रूपैयाँ र ३ सय ६० भारतीय रूपैयाँ समेत बरामद गरेको छ । पक्राउ परेका यादवमाथि थप अनुसन्धान भइरहेको र बरामद लागूऔषध सम्बन्धी कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।




