काठमाडौं । तारकेश्वर नगरपालिका ६ जरङ्खु पैयुटार बङ्गलामुखी मन्दिर नजिक डेरा गरी बस्ने ३५ वर्षीया सिता तामाङको कोठाबाट सुनका विभिन्न गरगहना र नगदसहित करिब ६ लाख ५६ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।
धादिङ निलकण्ठ नगरपालिका १४ घर भएकी तामाङको कोठाबाट चोरी भएको धनमालको विवरण अनुसार सुनका गरगहना र नगद समेत सामेल छन् । यो घटना शुक्रबार दिउँसो भएको हो ।
प्रहरीले चोरीमा संलग्न व्यक्ति फरार रहेको जनाएको छ र उनको खोजी कार्य तीव्र पारिएको छ । यस घटना बारे आवश्यक अनुसन्धान पनि भइरहेको प्रहरीले जनाएको छ ।




