चितवन । बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुरका प्रशासनतर्फ बरिष्ठ सहायक पदमा कार्यरत कमला अधिकारीले नक्कली शैक्षिक प्रमाणपत्र प्रस्तुत गरी पदोन्नती लिएको आरोपमा आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।
प्रमाणपत्र नक्कली भएको सम्बन्धमा प्राप्त उजुरीका आधारमा अनुसन्धान गर्दा कमला अधिकारीले बढुवा प्रयोजनको लागि झुटा (नक्कली) शैक्षिक प्रमाणपत्र पेश गरेको पाइएको हो ।
यस आधारमा, भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम उनको विरुद्ध कैद र जरिवाना सजायको माग गर्दै आरोप-पत्र दायर गरिएको छ । यस घटनामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




