धनुषा । जनकपुरधाम उपमहानगरपालिका ७ भरमपुराचोकस्थित शारदा एकेडेमी स्कुलमा वेल्डिङ कन्स्ट्रक्सनको कामका क्रममा भएको दुर्घटनाले ठूलो क्षति पुर्याएको छ ।
आइतबार दिउँसो वेल्डिङ मेसिनबाट निस्किएको झिल्का स्कुल नजिकै रहेको श्रीराम लाला फर्निचर उद्योगमा पुग्दा आगलागी भएको थियो । आगलागीका कारण फर्निचर उद्योगका विभिन्न सामान पूर्णरूपमा जलेर करिब ४० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ ।
घटनापछि स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगो नियन्त्रणमा ल्याइएको छ । आगलागीको कारण बारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । संबन्धित निकायले आगलागी जस्ता घटनाबाट बच्न सुरक्षा मापदण्ड अपनाउन अपिल गरेको छ ।




