कैलाली । धनगढी उपमहानगरपालिका ३ भन्सार नजिकबाट नियन्त्रित लागूऔषध नाइट्राभेट ६ ट्याबलेट र स्पास ८ ट्याबलेटसहित डडेल्धुरा अजयमेरू गाउँपालिका ३ भद्रपुर बस्ने २२ वर्षीय जनक पन्तलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




