धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नं. ९ इच्छापुरमा गएराति पाँच घरमा चोरी भएको छ । वडाध्यक्ष अवधकिशोर यादवले चोरीको घटनाको पुष्टि गर्दै स्थानीयहरूलाई सतर्क रहन आग्रह गरेका छन् ।
चोरहरूले सिउन खनेर घरभित्र प्रवेश गरी धनमाल, गरगहना र नगद चोरेका छन् । क्षतिको यकिन विवरण आउन बाँकी भएपनि चोरीबाट ठूलो परिमाणमा धन सम्पत्तिको हानि भएको आशंका गरिएको छ ।
प्रहरीले चोरीमा संलग्नको पहिचान र पक्राउका लागि अनुसन्धान सुरु गरेको छ । वडाध्यक्ष यादवले सुरक्षा व्यवस्था कडा पार्न सम्बन्धित निकायलाई अनुरोध गर्दै घरधनीहरूलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन् ।




