सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका ७, ब्रह्मस्थान चोकस्थित नेत्र बहादुर कार्कीको घरमा शुक्रबार बिहान विद्युत सर्ट भई आगलागी भएको छ ।
आगलागीका कारण सर्लाही चन्द्रनगर गाउँपालिका ४ पोखरीया टोलका राम छबिला साहले सञ्चालन गरेको हिमालयन पोली नेपाल (प्लास्टिकको झोला उत्पादन गर्ने फ्याक्ट्री) पूर्ण रूपमा जलेर नष्ट भएको छ ।
उक्त आगलागीमा फ्याक्ट्रीमा रहेको मेशिन, कच्चा पदार्थ तथा कार्कीको घर पूर्ण रूपमा जलेको छ भने सोही स्थानका नवल किशोर साहको घरमा समेत आंशिक क्षति पुगेको छ । आगलागीबाट भएको कुल क्षतिको विवरण हालसम्म खुल्न सकेको छैन ।
स्थानीय बासिन्दा र दमकलको सहायतामा आगो नियन्त्रणमा ल्याइएको प्रहरीले जनाएको छ । घटना बारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




