चितवन । चितवनको खैरहनी नगरपालिका ८ मगनीचोकस्थित सडकमा बसको ठक्करबाट एक जना रिक्सा चालकको मृत्यु भएको छ ।
शनिबार दिउँसो वीरगंजबाट पोखरातर्फ जाँदै गरेको ग २ ख १६२२ नम्बरको बसले रिक्सा ठक्कर दिँदा खैरहनी नगरपालिका ३ गोठशोर बस्ने ४४ वर्षीय बलराम मैनाली गम्भीर घाइते भएका थिए ।
उनलाई तत्काल उपचारका लागि भरतपुरस्थित नयाँ मेडिकल कलेज लगिएको थियो, जहाँ उपचारका क्रममा उनको मृत्यु भएको प्रहरी स्रोतले जनाएको छ ।
त्यस्तै, दुर्घटनामा घाइते भएका रिक्सा यात्रु एक जनाको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । हाल बस चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।




