बारा । लागूऔषध अफिमसहित एक जना बाराबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुर कैलाश गाउँपालिका २ वैकुण्ठ बस्ने ४५ वर्षका भिमलाल मोक्तान रहेका छन् ।
जितपुर सिमरा उपमहानगरपालिका २ सिमरा चोक स्थित फुटपाथबाट मोक्तानलाई अफिमसहित प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनको साथबाट तीन किलो ४४ ग्राम अफिम बरामद गरिएको हो ।
बाराका प्रहरी प्रवक्ता डिएसपी प्रकाश सापकोटाका अनुसार अफिमसहित पक्राउ परेका उनको बारेमा आवश्यक अनुसन्धानका भइरहेको छ ।




