महोत्तरी । महोत्तरीको भंगाहा नगरपालिका ६ मजरास्थित सडकबाट ६ सय किलोग्राम अवैध लागूऔषध गाँजासहित ट्रक चालक पक्राउ परेका छन् । बिहीबार राति उदयपुर कटारी नगरपालिका १ का २३ वर्षीय गणेश बहादुर विश्वकर्मालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
अस्थायी प्रहरी पोष्ट जमुनियाबाट खटिएको टोलीले बर्दिबासबाट जलेश्वरतर्फ जाँदै गरेको प्रदेश २-०४-००१ ख ००२१ नम्बरको ट्रक जाँच गर्ने क्रममा ट्रकमा लुकाइछिपाई राखिएको ४० वटा पोकामा रहेको गाँजा फेला पारेको हो ।
प्रहरीले चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




