सलार्ही । एतिहासिक एवम् धार्मिक क्षेत्रमा युवाहरुले चाँसो देखाएपछि खण्डहर बन्न लागेको क्षेत्र एक वर्षमै पर्यटकिय क्षेत्रका रुपमा विकास भएको छ । खण्डहरमा परिवर्तन हुन लागेको क्षेत्रमा युवाहरुको मेहनत पश्चात सुन्दर क्षेत्रका रुपमा विकास भएको छ ।

पहिले
कोरोना संक्रमणका बीच गत वर्ष समयलाई खेर फाल्नुभन्दा समयको सदुपयोग गर्ने र वातावरणलाई स्वच्छ राख्ने उदेश्यका साथ सलार्ही हरिवन नगरपालिकाका युवाहरु सरसफाइ अभियानमा जुटेका थिए ।

अहिले
सरसफाइ अभियानमा हरिवन नगरपालिकाका मेयर गणेश प्रसाईको समेत सहयोग रहेको स्थानिय युवा प्रज्वल ढुंगाना बताउँछन् । यस क्षेत्रमा मिनि चिडियाखाना बनाउने मेयर प्रसाईको लक्ष्य रहेको समेत प्रज्वल बताउँछन् ।

पहिले
पर्यटक भित्र्याएर बढीभन्दा बढी रोजगारीको अवसर प्रदान गर्ने भनिए पनि पर्यटकीय गन्तव्यको सम्भावना बोकेका यस्ता स्थानमा भने सरसफाईमा खासै ध्यानदिन सकेको छैन । तर यी युवाहरुले यसरी सरसफाई अभियानमै लाग्नु सकारात्मक पक्ष हो ।

अहिले
युवाहरुको यस्तो सह्रानीय कामलाई सरकारले समेत होस्टेमा हैसे गर्दै साथ दिन सके नेपालमा बढी भन्दा बढी धार्मिक पर्यटकहरु भित्रिने त छदै छ स्वच्छ वातावरणको परिकल्पना गर्न सकिने थियो कि ?

पहिले

अहिले









