कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ९ सिसैयामा एक पुरुष आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन् । मृतक ५६ वर्षीय डम्बर बहादुर साउद आइतबार बिहान आफ्नै घरमा मृत फेला परेका हुन् ।
घटनाको जानकारी पाएपछि प्रहरी घटनास्थलमा पुगेको थियो । हाल मृत्युको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । घटना बारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालयले कञ्चनपुरले जनाएको छ ।




