रौतहट । रौतहटको कटहरिया नगरपालिका ५ स्थित कटहरिया बजारमा रहेको राजु वर्कशपमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भएको छ ।
सोही नगरपालिका ९ डुमरिया बस्ने २८ वर्षीय राजु रामको वर्कशपमा लागेको आगोका कारण भित्र रहेको बा ४६ प ९०७ नम्बरको मोटरसाइकल तथा विभिन्न पार्टपुर्जा जलेर नष्ट भएका छन् ।
आगलागीबाट करिब ७ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । आगलागीको थप विवरण संकलन भइरहेको छ ।




