धनुषा । धनुषाको गणेशमान चारनाथ नगरपालिका ७ पोर्ताहा चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने ८ ग्राम ११० मिलिग्राम पदार्थसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिराहाको धनगढीमाई नगरपालिका २ बस्ने २० वर्षीय मो. अल्तक राईन र २३ वर्षीय सन्मत अलि रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषा र प्रहरी चौकी पोर्ताहाबाट खटिएको टोलीले सिराहाबाट काठमाडौं जाँदै गरेको प्र २-०१-००२ प ५३५३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । हाल घटना बारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




