बारा । बारा जिल्लाको महागढीमाई नगरपालिका २ पत्रहट्टी मोडस्थित सडकमा शुक्रबार दिउँसो मोटरसाइकल र ट्याक्टर आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
ना ३ त २९४८ नम्बरको ट्याक्टरले मधेश प्रदेश ०३-०२६ प १५२४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक व्यक्तिको ज्यान गएको हो । मृतकको नाम, थर, वतन खुल्न सकेको छैन ।
गम्भीर घाइते भएका उनलाई उपचारका लागि वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा लगिएको थियो, जहाँ उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोही दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अर्का एक जनाको नेशनल मेडिकल कलेजमै उपचार भइरहेको छ । दुर्घटनापछि ट्याक्टर चालक फरार भएका छन् भने प्रहरीले उनको खोजी जारी राखेको छ ।
घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।




