कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका ४, महेन्द्रनगर बजारस्थित एवान सिलाई सेन्टरमा आइतबार बिहान आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको पूर्ण विवरण हालसम्म खुल्न सकेको छैन ।
स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगो नियन्त्रणमा लिन प्रहरी सक्रिय रहेको छ । आगलागीको कारण बारे आवश्यक अनुसन्धान भइरहेको प्रहरी कार्यालयले जनाएको छ ।




