पर्सा । पर्साको जिराभवानी गाउँपालिका ५ भलुवाही खोलास्थित झाडीबाट करिब ११ किलो ९५० ग्राम लागूऔषध चरेश जस्तो देखिने पदार्थ प्रहरीले बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको प्रहरी टोलीले मंगलबार राति झाडीमा लुकाइएका २४ वटा प्याकेटमा राखिएको उक्त पदार्थ फेला पारेको हो । हाल प्रहरीले घटना सम्बन्धी थप अनुसन्धान गरिरहेको जनाएको छ ।




